हातहतियार सहित मानिस ४ जना नियन्त्रणमा
२०८२-०६-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।०७ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, गौरिगंगा न.पा.१ बस्ने बर्ष १९ को समिर खड्काको घरभित्र लुकाई छिपाई राखेको अवस्थामा टाईप ५४ नम्बर २९००२०६५ को ७.६२ mm पेस्तोल थान-१ ऐ.म्यागजिन थान-१ ऐ.राउण्ड थान- २८, सोही ठाउँ बस्ने बर्ष १९ को आभाष चन्दको साथबाट, रिभल्वल BRF ५५८२ नम्बरको पेस्तोल थान-१ बरामद गरि सोही कार्यमा संलग्न सोही ठाउँ बस्ने बर्ष २२ को हिमाल आचार्य र ऐ.३ बस्ने बर्ष २० को जिबेश सापकोटा समेत चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।