ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
२०८२-०६-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।०९ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ जेपी चोक नजिक रोकि राखेको सु.प.प्र. ०१-००१ क १६९० नम्बरको ट्रकमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडीको भागमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला, कैलाली धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष १८ को अनिस सिंह गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १९ को गणेश कुवँर गम्भिर घाइते भई सोही अस्पतालमा उपचारको क्रममा ऐ.२१:२५ बजेको समयमा मृत्यु भएको, ट्क र ट्रक चालक जिल्ला कैलाली, चुरे गा.पा.३ बस्ने बर्ष २९ को प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, साथै:- ट्रक सँग ठोक्किएको सोही से ५ प ३४१४ नम्बरको मोटरसाइकलले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ C गाँउ बस्ने बर्ष ७० की मना पार्कीलाई समेत ऐ. स्थित C गाउँमा ठक्कर दिई दाहिने हातमा चोट लागी निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।