अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।१०
गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलन चोकबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,०००।–
बराबरको इन्भटरको ब्याट्री प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८२।०६।१० गते जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ चम्फापुर स्थित पुर्ब
पश्चिम लोकमार्ग सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१०,१३,०००।– बराबरको सुर्ति, किराना लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला
पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा
बुझाएको ।