लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२६
- A
- A-
- A+
मिति २०७९।१२।२४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी र ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्कीचुहा नपा ४ बलिया स्थित ऐ.ऐ. वस्ने मेसक कुमार चौधरीले सञ्चाल गरेको लक्ष्मी क्लिनिकमा नेपाल सरकारबाट विक्रि वितरणमा प्रतिबन्ध लगाएको औषधी निमाडोल २० क्याप्सुल, एमिल २० ट्याबलेट, भेग्रा ५०२ ट्याबलेट, डाइजिन २० ट्याबलेट, भाइपिन ५०० ट्याबलेट, पौरुष जिवन ६६० ट्याबलेट, ट्रेड १५५ ट्याबलेट, कोडिन ११० ट्याबलेट, बेचबिखन गरी रहेको अवसस्थामा फेला पारी रितपुर्वक बरामद गरी निज मेसक कुमार चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसै गरि सोही दिन ईलाका प्रहरी कार्यालय भजनि कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी न.पा. वडा नं. ५ कौवाखेडा स्थित जिल्ला कैलाली बर्दागोरीया गा.पा.वडा न.४ मुडा बस्ने बर्ष १८ को आनन्द ठकुरीले चलाई ल्याएको ना. ४१ प८४६० नं. को मो.सा. चेकजाँच गर्दा सो मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को दिपेन्द्र बोहराको साथ बाट १८ ग्राम लागु औषध खैरोहेरोईन फेला पारी मो.सा. सहित निज दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।