प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-१२

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०६।११ गते १९:०० बजेको समयमा जिल्ला कैलालीटिकापुर न.पा.१ ब्लक नम्बर १४ बाट सोही ठाउँ बस्ने बर्ष २० को रोहन साउदलाई शंका लागि चेकजाँच गर्दा ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुरकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको   

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु, घाइते
२०८२-०६-१५

     कैलाली:- मिति २०८२।०६।१४ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ धनगढी र गोदावरीको सिमाना स्थित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवनगर बस्ने बर्ष २४ को प्रान्जल बमले चलाएको सु.प.प्र.०१-०११ प ४४७३ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई पल्टिदा चालक गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ को सरोज बम घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।         कञ्चनपुर:- मिति २०८२।०६।१४ गते १४:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सिउडीबाग स्थित दैजि जोगबुढा सडक खण्डमा दैजिबाट जोगबुढा तर्फ जादै गरेको सु.प.प्र.००१ ज १६७३ नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ वाणि बस्ने तारा पालकी छोरी बर्ष २ की युबिका पाल गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशीक अस्पताल कञ्चनपुर लगिएकोमा उपचारको क्रममा ऐ. १६:३५  मृत्यु भएको, साथै जिपमा सवार चालक बाहेक ८ जना मध्ये १ जनाको मृत्यु, अन्य ७ जना घाईतेहरुको उपचार भईरहेको, जीप चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.११ पुन्तुरा बस्ने बर्ष ३४ को लक्ष्मण भट्ट फरार रहेकाले निजको खोजतलास भईरहेको ।           बैतडी:- मिति २०८२।०६।१४ गते १७:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा महेन्द्रनगर बाट गोठालापानी तर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०१७ नम्बरको महाकाली यातायतको बसले सोही ठाउँ दाउनेबाग बस्ने पैदल यात्री बर्ष अन्दाजी ३०/३५ की  भागरथी लुहारलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको, बस चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. ४ बस्ने बर्ष ३८ को लोकेन्द्र बहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।          

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-१३

       कैलाली:-  मिति २०८२।०६।१२  गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६९,९१८०।–बराबरको सुटपिस, कुर्ती, जुत्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।          कञ्चनपुर:-  मिति २०८२।०६।१२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल र ऐ. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२२,७६०।– बराबरको चिनी, मिठाई, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।