अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-०६-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।१४ गते १२:३० बजेको
समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ रिङरोडबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,१२,५००।–– (छ लाख बाह्र हजार पाँच सय) बराबरको ३०४ पिस
सेर्वानी सुट र ९ पिस सल्वार सहित जिल्ला कैलाली, गोदावरी
न.पा.१ बस्ने बर्ष २९ की लक्ष्मी भण्डारी र सोही ठाउँ बस्ने बर्ष ४० की सितादेवि
ऐरलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको
प्रहरी टोलीले फेला पारी उक्त सामान र निजहरु दुवै जनालाई नियन्त्रण लिएको ।