अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।१८ गते
१५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२
त्रिनगर व्यारेल स्थित ऐ.५ बस्ने बर्ष ३० को यलसन चौधरीले चलाएको सु.प.प्र.०१-००१
प २५६८ नम्बरको मोटरसाइकल शंका लागि
चेकजाँच गर्दा निज सहित मोटरसाइकल पछाडी सवार ऐ.घोडाघोडी न.पा.११ बस्ने बर्ष १९ को
पर्शुराम कठरियाको साथबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने
धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु
दुवै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
दार्चुला:- मिति
२०८२।०६।१८ गते १५:३० बजेको समयमा जिल्ला दार्चुला, दुहु
गा.पा. ५ स्थित झोलुङ्गे पुलबाट ऐ.१ बस्ने बर्ष ५६ को हर्क बहादुर बमलाई शंका लागि
चेकजाँच गर्दा ४८० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त
पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।