अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।१९ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ शिवनगर र ऐ.२ मिलनचोक बाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४२,३८०।–बराबरको
चिनी, धोती, कार्बन, बिडी, सुर्ती, मसला, सुप्पारी, किरानाका सामान, साइकल
थान-३ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती
टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०६।१९ गते १८:००
बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४
कालोपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,६९०।-।– बराबरको स्टेशनरी लगायतका सामानहरु
अस्थायी प्रहरी बिट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती
टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
गड्डाचौकी, कञ्चनपुरमा बुझाएको ।