जुवा खेलिरहेको अबस्थामा मानिस पक्राउ
२०७९-१२-२६
- A
- A-
- A+
दार्चुला:- मिति २७९।१२।२४ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जि. दार्चुला महाकाली न.पा. ४ बांगाबगर स्थित गणेश सिंह बुढाथोकीको घरमा ऐ.ऐ. बस्ने बर्ष अं.५० को गणेश सिह बुढाथोकी समेतका १० जना मानिसहरु जुवा तास खेलिरहेको अवस्थामा रु ४३,५६८।- र १० गड्डी तास सहित फेला पारी निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।