जिप दुर्घटना हुँदा मृत्यु, घाईते
२०८२-०६-२०
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०६।१९ गते १६:४५
बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा.६ गजुराणी स्थित
भित्री सडक खण्डमा ऐ.९ सकार बाट ऐ. ६ निसि तर्फ जादै गरेको बाग्मति प्रदेश ०३-००१
ज ०२०६ नम्बरको जीप एक्कासी अनियन्त्रीत भई सडकबाट अन्दाजी ७०-८० मिटर तल थालिगाड
खोलामा खस्न गई दुर्घटना हुँदा जिल्ला दार्चुला, मालिकार्जुन
गा.पा.३ खालिडाँडा बस्ने बर्ष २८ को नरेश बहादुर पाल गम्भिर
घाईते भई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएकोमा उपचारको क्रममा ऐ. १७:४५
बजे मृत्यु भएको, साथै जिपमा चालक सहित ११ जना सवार मध्ये १
जनाको मृत्यु, चालक जिल्ला दार्चुला, मालिकार्जुन
गा.पा.३ खालिडाँडा बस्ने बर्ष ४० को अम्मर सिह धामी समेत ६ जना घाईते भई उपचारको
लागि धनगढी रिफर गरिएको र अन्य ४ जना उपचार पश्चार डिस्चार्ज भएका ।