अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२२
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०६।२१ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.४५,६२०।–बराबरको
नरिवलको धुलो, कपुर, बन्दीका चुरा, पानिपुरीको मसला, चम्चा, डिस्पोजल प्लेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।
कञ्चनपुर:- मिति २०८२।०६।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११
गड्डाचौकी र बेलौरी न.पा. १० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.३,५७,२६७।– बराबरको पटका, इलेक्ट्रोनिक, कष्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।