प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना नियन्त्रणमा

२०८२-०६-२२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०६।२१ गते १४:५५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ बेलार बस्ने बर्ष २३ को आकाश शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा टाईप ५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल थान-१ र ऐ. को म्यागजिन थान-१ सहित निजलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले उक्त पेस्तोल सहित नियन्त्रणमा लिएको, सो  सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।