प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०६।२२ गते १६:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल स्थित ऐ ३  बस्ने बर्ष २२ को अविशेक सिजापतिलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्द तौल २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

   यसैगरी मिति २०८२।०६।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली भजनी नगरपलिका वडा नं. ३ कुसमघाट स्थित सडकमा जिल्ला कैलाली घोडाघोडी न.पा.१ नारायणपुर बस्ने बर्ष २२ को लक्ष्मि प्रशाद साप्कोटा र बर्ष २३ को किरण जी.सी.लाई शंका लागि चेकजांच गर्दा लक्ष्मि प्रशाद साप्कोटाको साथबाट शुद्ध तौल १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, से २ प ४०८५ नं.को मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      

  कञ्चनपुर:- मिति २०८२।०६।२२ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित भारतबाट नेपाल आउने क्रममा बेदकोट न.पा.०२ बस्ने अ.१९ बर्षको पुष्पा जोशी र अं.२२ बर्षको सुरज बिष्टलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबैजनालाई लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इ.प्र.का.गडडाचौकी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।