जुवातास खेलाडी पक्राउ
२०८२-०६-२९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०६।२८ गते २३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.वडा नम्बर ११ कलुवापुर स्थित सोही ठाउँ बस्ने बर्ष अ.४४ को बिर बहादुर बिस्टले संचालन गरेको किराना पसलमा जुवातास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज पसल सञ्चालक बिर बहादुर बिस्ट सहित १० (दश) जनालाई नगद रु.६३,५००।– र ४ गड्डी तास इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।