अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।२९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहेडी र धनगढी उ.म.न.पा.-१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. ८७,०००।– बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०६।२९ गते जिल्ला कञ्चनपुर भि.न.पा. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१९,१५०।– बराबरको कपडा, पेठा, सोनपापडी मिठाई लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।