सवारी दुर्घटनामा ३ को मृत्यु १२ घाईते
२०८२-०७-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०२ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ धोबेनी खोला स्थित जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका वडा नं.०४ बाट मलामि बोकेर चिसापानी तर्फ जादै गरेको जि.कैलाली बर्दगोरिया गाउँपलिका वडा नं.०४ बस्ने देब बहादुर बोहराले चलाएको सु.प.प्र.००२ त ४९९१ नं.ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा तिन जनाको उपचारको क्रममा मृत्यु भएको र १२ जना घाईते भएको । मृत्यु हुनेमा जिल्ला कैलाली बर्दगोरीया गाउँपालिका वडा नं.०४ बस्ने बर्ष ६४ को दान बहादुर साउँद, सोहि ठाँउ बस्ने बर्ष ३७ को हर्क बहादुर साउँद र बर्ष १६ को सितल साउँद रहेका । अन्य घाइतेहरुको कैलाली स्थित लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको