अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०३ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ८ क्याम्पस चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,०००।– बराबरको मोबाईलका पाट्सहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०७।०३ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउँबाट जिल्ला कैलाली गौरीगंगा न.पा.७ बस्ने बर्ष ३२ को केशब बहादुर बोहराले चलाएको म १ च ३७९ नं.को जिपमा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका १९ खसी (जिप सहित अम्दाजि मुल्य रु. १५,२५,०००।-) अस्थाइ प्रहरी पोष्ट मझगाउ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी चालकलाई समेत नियन्त्रणमा लिएको ।