सवारी दुर्घटनामा मृत्यु / घाईते
२०८२-०७-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०६ गते १४:३० बजेको समयमा जिल्ला कैलाली भजनी न.पा.०४ स्थित भजनी-सुखड सडक खण्डको खैलाड भन्ने स्थानमा जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा नं. २ बस्ने बर्ष २९ को सुनिल डागिले चलाएको बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री जिल्ला कैलाली भजनी न.पा.-४ खैलाड बस्ने बर्ष ४५ की फुलबसनी चौधरी र बर्ष ५० कि असिया चौधरीलाई रोड क्रस गर्ने क्रममा ठक्कर दिदा फुलबसनी चौधरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा लगिएकोमा १६:५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको । घाईते असिया चौधरीको उपचार भईरहेको । उक्त कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको ।
यसैगरी मिति २०८२।०७।०६ गते १८:०० बजेको समयमा जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं. १० उदासीपुर स्थित भित्री सडक खण्डमा जिल्ला कैलाली कैलारी गाउँपालिका वडा नं. ०८ भङ्गाह बस्ने बर्ष अ. ७१ को छोटेलाल चौधरीले चलाएको ब्याट्री चार्ज गर्ने साइकल आफै अनियन्त्रित भई पल्टिदा निज गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली लगिएकोमा १९:५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको ।