भन्सार छलिका सामान बरामद
२०७९-१२-२६
- A
- A-
- A+
मिति २०७९।१२।२५ गते अ.प्र.पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ बाट भन्सार छलि गरि ल्याएको अन्दाजी रु.१०,०००।- बराबरको चिनि, बिडी, कलम, गुलाब जामुन र सुट बेवारिसे अवस्थामा प्रहरीले फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको ।
यसै गरि मिति २०७९।१२।२६ गते बिहान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनसन्धान समुह र ईलाका प्रहरी कार्यालय भजनी कैलालीवाट संयुक्तरुप वाट खटिएको प्रहरी टोलीले जि. कैलाली भजनी न.पा.३ काडापुल नजिक भारतबाट भन्सार छलि ल्याएको अ.मुल्य रु.२१,०००।- (एक्काईस हजार) बराबरको लेडिज चप्पल ५२ जोर वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि सत्ति भन्सार कार्याल कैलालीमा बुझाईएको ।