लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०७ गते १९:०० बजेको जिल्ला कैलालि गोदावरी न.पा.-०२ बसपार्क स्थित जिल्ला डडेल्धुरा अमरगढी न.पा.०९ बस्ने बर्ष २१ को प्रकाश साँउदलाइ हिडीरहेको अबस्थामा शँङ्का लागी चेकजाँच गर्दा निजको साथ बाट २ ग्राम ६७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।