प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी मृत्यु

२०८२-०७-०८

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०७।०७ गते १२:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.-१ गुजुरुवा स्थित सोहि ठाँउ बस्ने  लोक राज उपाध्यायको छोरी बर्ष अ.१२ कि डम्मरा उपाध्याय, लम्कीचुहा न.पा.३ व्यवस्थितपुर बस्ने नारायण बजगाईको जुम्ल्याहा छोरी बर्ष १० की मानसी बजगाई र निशा बजगाई कुलरिया नहरमा पौडी खेल्ने क्रममा नहरमा डुवी बेहोस भई टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा १३:३५ बजेको समयमा तिनै जना बालिकाको मृत्यु भएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।