प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०८२-०७-०९

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर :- मिति २०८२।०७।०८ गते अं.१६:५० बजे जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१ भासी स्थित सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलि रहेका छन भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलि रहेको अवस्थामा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ६ ऐठपुर बस्ने बर्ष ५० को दिपक पाठक सहित ९ जनालाइ नगद रु. ५५,०१५।– र ८ गड्डी तास जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।


सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-०९

     कैलाली:- मिति २०८२।०७।०८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न.०७ पितमारी स्थित पिकनिक स्थलमा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न.०३ चिसापानी बस्ने वर्ष २६ को गोविन्द बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०७।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने बर्ष २६ को रमेश थापालाइ शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।