प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०७-१०

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०७।०९ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरु बेलौरी नगरपालिका वडा नं.- ६ भुराकोट र बेल्डाँडी गा.पा.- ३ बैबाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. ८४,०६४।– बराबरको चिनी, प्याज, आलु, बिस्कुट, चियापत्ती, तेल, सलाई, सौप, मरिच, फोटो फ्रेम, मेदा, पास्ता, सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-०९

     कैलाली:- मिति २०८२।०७।०८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न.०७ पितमारी स्थित पिकनिक स्थलमा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न.०३ चिसापानी बस्ने वर्ष २६ को गोविन्द बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०७।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने बर्ष २६ को रमेश थापालाइ शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।