लागूऔषध सहित मानिस पक्राउ
२०७९-१२-२६
- A
- A-
- A+
मिति:-२०७९।१२।२५ गते वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका २ मिलन चोक स्थित ऐ.ऐ. बस्ने बर्ष ४० को ओम अधिकारी र ऐ. बस्ने बर्ष २२ को भुपेन्द्र मिश्रको साथवाट २०० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसै गरि सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका ७ मनेहरा स्थित जिल्ला कैलाली ध.उ.म.न.पा.७ बस्ने बर्ष १८ को समिर राना र ऐ. जोशीपुर गा.पा.४ बस्ने बर्ष २० को असिम सागर चौधरीको साथ बाट २६० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।