अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१२
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०७।११ गते १३:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२
जुगेडा कटानबाट सोही ठाउँ बस्ने बर्ष १९ को आकाश चौधरी
र ऐ.७ बस्ने १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच
गर्दा निजहरुको साथबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने
धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०७।११
गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट
स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाग्मति
प्रदेश ०२-०५० प ७३६८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल
चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बङ्क बस्ने बर्ष २६ को प्रदिप ऐरी र मोटरसाइकल
पछाडी सवार ऐ. बेदकोट न.पा.२ जडेपानि बस्ने बर्ष २९को जनक बोहराको साथबाट ५ ग्राम लागूऔषध
खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र
प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको
।