प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-१२

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०७।११ गते १३:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडा कटानबाट  सोही ठाउँ बस्ने बर्ष १९ को आकाश चौधरी र ऐ.७ बस्ने १८ बर्षिय किशोरलाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

     कञ्चनपुर:- मिति २०८२।०७।११ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुरबेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाग्मति प्रदेश ०२-०५० प ७३६८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बङ्क बस्ने बर्ष २६ को प्रदिप ऐरी र मोटरसाइकल पछाडी सवार ऐ. बेदकोट न.पा.२ जडेपानि बस्ने बर्ष २९को जनक बोहराको साथबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थमोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।               

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।