अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।१२ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहाबाट जिल्ला डडेल्धुरा, आलीताल गा.पा.३ बस्ने बर्ष २४ को कैलाश धामी र जिल्ला बैतडी, सुर्नया गा.पा.७ बस्ने बर्ष २३ को अबिनाश कुवँरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।