प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैतडीमा जिप दुर्घटना

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८२।०७।१२ गते २३:०० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.७ सवाखानी स्थित सुल्लेखानबाट मेलौली तर्फ आउदै गरेको से १ ज ७३२ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला बैतडी, मेलौली न.पा.२ बस्ने बर्ष २४ की तुलसी पाण्डेय गम्भिर घाईते भई उपचारको लागि प्रा: स्वा. केन्द्र मेलौली लगिएकोमा चिकत्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथै जिपमा चालक सहित ५ जना सवार मध्ये १ जनाको मृत्यु, चालक जिल्ला बैतडी, दशरथचन्द न.पा. ७ बस्ने बर्ष ३२ को जनक बडू समेत ४ जना घाईते भई उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा रिफर गरिएको ।    


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।