अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।१४ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ क्याम्प स्थित म २ प ३५६४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, बेलौरी न.पा.९ अण्डैया बस्ने बर्ष २४ कोअरुण राना र मोटरसाइकल पछाडी सवार ऐ. भिमदत्त न.पा.१८ सालघारी बस्ने बर्ष २५को शेखर प्रसाद जोशी, ऐ. भिमदत्त न.पा.१५ निम्बुखेडा बस्ने बर्ष २० को ज्ञानु पालीको साथबाट २.२६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।