जुवातास खेलिरहेको अबस्थामा ७ जना पक्राउ
२०८२-०७-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।१५ गते ०१:३० बजेको समयमा जिल्ला कैलाली, मोहन्याल
गा.पा.७ पितमारी स्थित जिल्ला दैलेख, ठाँटीकाध गा.पा.१ घर भई
हाल मोहन्याल गा.पा.७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरि बसेको वर्ष ३० को
लोकेन्द्र बहादुर शाहीले संचालन गरेको उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक
लोकेन्द्र बहादुर शाही सहित ७ (सात) जनालाई नगद रु. १,७७,१४५। -(एक लाख सतहत्तर हजार एक सय पैतालिस) र १२ गड्डी तास सहित इलाका
प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।