भन्सार छलिको समान बरामद
२०७९-१२-२७
- A
- A-
- A+
मिति २०७९।१२।२६ गते जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. ३ बोराडाडी स्थित भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी रु. ३५,०००।- बराबरको चिनी, आन्टी, सिस्टम गुट्खाहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाएको हो ।
यसै गरी सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ मिलन चोक स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रू. १४,०००।– बराबरको चिनि, विडी, सिस्टम गुट्का, प्लाष्टिक झिल्ली, आईसक्रिममा प्रयोग हुने क्रिम र आईसक्रिममा प्रयोग हुने काठको चम्मा बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाएको हो ।