अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१७
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०७।१६ गते १७:१० बजेको समयमा जिल्ला कैलाली, टिकापुर
न.पा.९ खक्रौला भन्सार चेकपोष्ट नजिकबाट ऐ. लम्कीचुहा
न.पा.१ घुरवा बस्ने बर्ष २२ को कलम जैशीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट
२ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी
उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान
भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०७।१६ गते १९:००
बजेको समयमा भारतबाट नेपाल तर्फ पैदल आईरहेको अवस्थामा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट
ऐ. लालझाडी गा.पा.०६ चांददेउ बस्ने बर्ष २१ को पुर्ण बहादुर
चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो
देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय
बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।