फरार प्रतिबादी पक्राउ
२०८२-०७-१७
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।१६
गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको ।
१.
लागूऔषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.१०,०००।-
जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ डोके
बजार बस्ने वर्ष ३० को राजु थापा ।
२.
लागूऔषध मुद्दामा २ महिना
कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ५ पबित्रा
बस्ने वर्ष २४ को राजु सार्की ।