ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०८२-०७-२०
- A
- A-
- A+
बझाङ:- मिति २०८२।०७।१९ गते १९:४५
बजेको समयमा जिल्ला बझाङ, थलारा गा.पा.२ काँडा
स्थित भित्री सडक खण्डमा ऐ.दंगाजीबाट काँडागाउँ तर्फ जाँदै गरेको सु.प.प्र.०१-००२
त ५७२४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४००/५०० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला
बझाङ, थलारा गा.पा.२ बस्ने बर्ष ६० को पमले खाती र सोही ठाउँ बस्ने बर्ष ६२ को जसे
खातीको घटनास्थलमै मृत्यु भएको, ट्याक्टर चालक जिल्ला कैलाली, गोदावरी न.पा. ४
बस्ने बर्ष ४५ को खुशी राम चौधरी घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र देउरा, बझाङमा
सामान्य उपचार पश्वात थप उपचारको लागि धनगढी रिफर गरिएको ।