फरार प्रतिबादी पक्राउ
२०८२-०७-२०
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।१७
गते इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट
खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१.
हातहतियार तथा खरखजना
मुद्दामा २४ दिन कैद सजाय र रु.१०,०००।- (दश
हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.८ पृथ्वीपुर बस्ने दयाराम चौधरी ।
२.
लागूऔषध मुद्दामा १९ दिन कैद
सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.८ बस्ने रिता कठरिया ।