फरार प्रतिबादी पक्राउ
२०८२-०७-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा
जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. चेक अनादर
मुद्दामा ३ महिना कैद सजाय र रु.२०,०००।- (बिस हजार) जरिवाना
तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी बस्ने
बर्ष ५३ को कृष्ण प्रसाद शर्मा ।
२. कुटपिट/लुटपाट
मुद्दामा २ महिना कैद सजाय र रू.२,६००।- जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष ४४ को गौरीशंकर चौधरी ।
३. कुटपिट/लुटपाट
मुद्दामा १ महिना कैद सजाय र रू.१,३००।- जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष २६ को शंकर चौधरी ।
डोटी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत हुम्लाको फैसलाले लिखत कृर्ते
मुद्दामा ३ महिना १७ दिन कैद सजाय र रु .४,०००।- (चार हजार) जरीवाना तोकिएको जिल्ला डोटी, जोरायल
गा.पा.२ बुडर बस्ने बर्ष ३८ को सोनाम थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२० गते ऐ.दिपायल सिलगढी न.पा.६ सिलगढीबाट
पक्राउ गरेको ।