प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०६।२१ गते १३:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.११ बेला बस्ने बर्ष २७ को धनि राम रानाको घरकोठा खानतलासी गर्दा घर भित्र धानको बोरामा लुकाई छिपाई राखेको १४ ग्राम ९२०  मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको   

     कञ्चनपुर:- मिति २०८२।०७।२१  गते  १७:३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ खैरानाबाट ऐ.बेदकोट न.पा.६ सिसैया बस्ने बर्ष २७ को बिबेक चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु, घाइते
२०८२-०७-२२

      कञ्चनपुर:- मिति २०८२।०७।२१ गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ८ भित्रि सडक खण्डमा चालक भारत विहार बस्ने बर्ष २३ को औधेष कुमार महत्तोले चलाएको अनटेस्ट मसला बनाउने आर्गो मिक्चर मेसिन र ऐ.७ सुडा बस्ने बर्ष ३१ को शिब रानाले चलाएको म २ प ८४०२ नम्बरको  मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. १२:५५ बजे उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३० को भिम राना घाइते भइ सोही अस्पतालमा उपचार भइरहेको,   मिक्चर मेसिन चालक र मिक्चर मेशिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको  ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०७-२१

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२०  गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.    चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र रु.२०,०००।- (बिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी बस्ने बर्ष ५३ को कृष्ण प्रसाद शर्मा ।२.    कुटपिट/लुटपाट मुद्दामा २ महिना कैद सजाय र रू.२,६००।- जरिवाना  तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष ४४ को गौरीशंकर चौधरी ।  ३.    कुटपिट/लुटपाट मुद्दामा १ महिना कैद सजाय र रू.१,३००।- जरिवाना  तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.२ बस्ने बर्ष २६ को शंकर चौधरी ।         डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत हुम्लाको फैसलाले लिखत कृर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र रु .४,०००।- (चार हजार) जरीवाना तोकिएको जिल्ला डोटी, जोरायल गा.पा.२ बुडर बस्ने बर्ष ३८ को सोनाम थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२० गते ऐ.दिपायल सिलगढी न.पा.६ सिलगढीबाट पक्राउ गरेको  ।