अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२२ गते १५:०० बजेको
समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ झलारीबाट सोही ठाउँ बस्ने बर्ष २३ को
प्रविन्द राना, बर्ष २४ को घुम्मन राना र १८ बर्षिय किशोरलाई
शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो
हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०७।२२ गते १६:५० बजेको
समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा
न.पा.१ थपालिपुरबाट सोही ठाउँ बस्ने बर्ष
२४ को दिनेश बुढा र ललित रानाक्षेत्रीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट
४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त
पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०७।२२ गते १७:०० बजेको
समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा
न.पा.१ पायनियर्स बोर्डिङ स्कुल नजिकबाट ऐ. जानकि गा.पा.३ लायकपुर बस्ने बर्ष २४
को जगदिश सांउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १३० मिलिग्राम लागूऔषध
खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका
प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०७।२२ गते २१:३० बजेको
समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, भजनी न.पा.९ पचमोडीया बाट ऐ. घोडाघोडी न.पा.१२ बनबासा बस्ने
बर्ष २५ को डेबिड कठरीया र बर्ष ३१ को नरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा
निजहरुको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला
पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।