फरार प्रतिबादी पक्राउ
२०८२-०७-२४
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध मुद्दामा २ महिना ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ निम्बुखेडा बस्ने सुरेन्द्र बहादुर बम ।
२. लागूऔषध मुद्दामा ११ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेल्डाडी गा.पा.२ बस्ने बर्ष २० को सुमन साँउद ।
३. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को मिन बहादुर कुँवर ।
४. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को महेश खड्का ।
५. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा.१० पहलमानपुर बस्ने बर्ष २७ को जगदिश चौधरी ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १०,०००।- (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.४ के गाउँ बस्ने वर्ष ४६ को मिलाल सुनारलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.वडा नम्वर ०१ ईयरकोट बस्ने बर्ष २२ को देव सिह ठगुन्ना ।
२. लागूऔषध मुद्दामा ३ महिना २८ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, महाकाली न.पा.४ तल्लासैन बस्ने बर्ष ५० को मोहन सिह बिष्ट ।
३. जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र जरिवाना रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला दार्चुला, दुहु गा.पा. २ बस्ने बर्ष ३४ को जनक वडाल ।