प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०७-२४

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागूऔषध मुद्दामा २ महिना ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ निम्बुखेडा बस्ने सुरेन्द्र बहादुर बम ।

२. लागूऔषध मुद्दामा ११ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेल्डाडी गा.पा.२ बस्ने बर्ष २० को सुमन साँउद ।

३. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को मिन बहादुर कुँवर ।

४. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को महेश खड्का ।

५. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा.१० पहलमानपुर बस्ने बर्ष २७ को जगदिश चौधरी ।

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १०,०००।- (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.४ के गाउँ बस्ने वर्ष ४६ को मिलाल सुनारलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।

      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३  गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.वडा नम्वर ०१ ईयरकोट बस्ने बर्ष २२ को देव सिह ठगुन्ना ।

२. लागूऔषध मुद्दामा ३ महिना २८ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, महाकाली न.पा.४ तल्लासैन बस्ने बर्ष ५० को मोहन सिह बिष्ट ।

३. जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र जरिवाना रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला दार्चुला, दुहु गा.पा. २ बस्ने बर्ष ३४ को जनक वडाल ।

  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।