अबैध काठ बरामद
२०८२-०७-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२४ गते १८:५० बजेको समयमा काठ तस्करी हुँदै छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला कैलाली, मोहन्याल गाउँपालिका ६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध साल जातको काठ गोलिया थान २९ काठ इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको ।