अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२५ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ नलका घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२५,०००।–बराबरको सुटपिस, मखमल साडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०७।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ शान्तीनिकेतन नजिक, बेलौरी न.पा.१० भुडा सडकघाट र दोधारा चाँदनी न.पा.६ पुरानो बस्ती नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,१३०।– बराबरको चिनी, खानेतेल, सुर्ती, प्लाष्टिक कुर्सी, ट्याक्टरको वेरिङ,जालि,किला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।