अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६४,०००।–बराबरको सुटपिस, स्विटर लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०७।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भासी, ऐ.४ बसपार्क, ऐ. १५ गोबरिया र दोधारा चाँदनी न.पा. ८ शिब मन्दिर स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,११,०००।– बराबरको चिनी, मिश्री, नल्काको समान, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- मिति २०८२।०७।२६ गते २१:४५ बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा.३ शिर्षबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२७,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।