फरार प्रतिवादी पक्राउ
२०८२-०७-२७
- A
- A-
- A+
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत दिपायल डोटीको मिति २०७८।१०।२५ गतेको फैसलाले जातिय छुवाछुत तथा भेदभाव मुद्दामा ०३ महिना कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला अछाम, रामारोशन गा.पा.२ बस्ने बर्ष ३८ को राम बहादुर रावललाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२६ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको ।