अबैध लागू औषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८२-०७-२८
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०७।२७ गते १९:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले जिल्ला बैतडी, पाटन न.पा.२ सिलङ्गा स्थित सोही ठाउ बस्ने बर्ष ३० को सुरेस सिंह ऐरले संचालन गरेको खुद्रा पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा २३ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।