फरार प्रतिवादी पक्राउ
२०८२-०७-२८
- A
- A-
- A+
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।०४।३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको जिल्ला अछाम, मेल्लेख गा.पा.२ बस्ने मने धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुर्ब्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, परशुराम न.पा.४ कटाल बस्ने बर्ष २२ को प्रेम बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते निजकै घर ठेगानाबाट बाट पक्राउ गरेको ।