अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२८ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९१,०००।–बराबरको साडी, सुटपिस, कुर्ति, धोती, सल, बेल्ट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:-मिति २०८२।०७।२९ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८२,६००।–बराबरको कष्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
बैतडी:- मिति २०८२।०७।२९ गते जिल्ला बैतडी, दशरथचन्द न.पा.६ स्थित घुमापिपलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,४००।–बराबरको बिडी, मोटसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।