अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२९ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्धचोकबाट ऐ. बर्दगोरीया गा.पा.२ बस्ने बर्ष १९ को सुबास चौधरी समेत ५ जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०७।२९ गते १५:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ माताटोलबाट सोही ठाउँ बस्ने बर्ष ३० को गणेश सुनारलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३.२२ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।