ट्याक्टर दुर्घटना हुँदा मृत्यु, घाइते
२०८२-०७-३०
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०७।२९ गते २२:१० बजेको समयमा जिल्ला डडेल्धुरा, आलिताल गा.पा.८ गोदाम बजार स्थित बजार बाट ऐ.५ बाहिरीसैन तर्फ जादै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला डडेल्धुरा, आलीताल गा.पा.५ बाहिरीसैन बस्ने बर्ष २७ को भरत रावत गम्भिर घाइते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.२२:५५ बजेको समयमा मृत घोषणा गरेको, ट्याक्टरमा चालक सहित ५ जना सवार मध्ये १ जनाको मृत्यु, सोही ठाउँ बर्ष १९ को पवन बि.क. र बर्ष २५ को तिलक चोखाल घाइते भई जोगबुढा अस्पताल जोगबुढामा उपचार भईरहेको, बर्ष २४ को सन्तोष रोका घाइते भई थप उपचारको लागी धनगढी तर्फ रिफर गरेको, ट्याक्टर चालक जिल्ला डडेल्धुरा,ऐ. ५ बाहिरीसैन बस्ने बर्ष २७ को योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।