प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०८-०२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८२।०८।०१  गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी,ऐ.५ शान्तिनिकेतन नजिक, ऐ.१० जिमुवा, सुकासाल र बेलडाँडी गा.पा.३ बैबाहा स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,७५,४७६।– बराबरको बिडी, दाल, धनियाँ, पानीपुरी, सुटपिस, साडी, बिभिन्न किसिमका भाडा बर्तन, कष्मेटिक, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-३०

    कैलाली:- मिति २०८२।०७।२९  गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्धचोकबाट ऐ. बर्दगोरीया गा.पा.२ बस्ने बर्ष १९ को सुबास चौधरी समेत ५ जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     कञ्चनपुर:- मिति २०८२।०७।२९ गते १५:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ माताटोलबाट सोही ठाउँ बस्ने बर्ष ३० को गणेश सुनारलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३.२२ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।