प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला

२०८२-०८-०२

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८२।०८।०१ गते १६:३० बजेको समयमा जिल्ला दार्चुला, अपिहिमाल गा.पा.१ खायाकोट स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक थान २ (दुई) लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना हुँदा मृत्यु, घाइते
२०८२-०७-३०

     डडेल्धुरा:- मिति २०८२।०७।२९ गते २२:१० बजेको समयमा जिल्ला डडेल्धुरा, आलिताल गा.पा.८ गोदाम बजार स्थित बजार बाट ऐ.५ बाहिरीसैन तर्फ जादै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला डडेल्धुरा, आलीताल गा.पा.५ बाहिरीसैन बस्ने बर्ष २७ को भरत रावत गम्भिर घाइते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा  लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.२२:५५ बजेको समयमा मृत घोषणा गरेको,  ट्याक्टरमा चालक सहित ५ जना सवार मध्ये १ जनाको मृत्यु, सोही ठाउँ बर्ष १९ को पवन बि.क. र बर्ष २५ को तिलक चोखाल घाइते भई जोगबुढा अस्पताल जोगबुढामा उपचार भईरहेको, बर्ष २४ को सन्तोष रोका घाइते भई थप उपचारको लागी धनगढी तर्फ रिफर गरेको, ट्याक्टर चालक जिल्ला डडेल्धुरा,ऐ. ५ बाहिरीसैन बस्ने बर्ष २७ को योगेन्द्र घर्तीलाई  प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।