फरार प्रतिबादी पक्राउ
२०८२-०८-०२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा २ महिना ५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.२ बसपार्क बस्ने बर्ष २६ को प्रमोद चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०१ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।